Rule 41V
सजाय गर्ने अधिकारीः
(१) ऐनको दफा ५२घ. बमोजिमको सजाय गर्ने अधिकार सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई हुनेछ। (२) उपनियम (१) बमोजिम प्रमुख जिल्ला अधिकारीबाट भएको निर्णयउपर चित्त नबुझेमा सम्बन्धित जिल्ला अदालत समक्ष एक्काईस दिन भित्र पुनरावेदन गर्न सकिनेछ ।